Madhyabindu News App
स्थानीय तह

हेलम्बुमा दोस्रो कार्यकालका लागी निमा ग्याल्जेन शेर्पा

Madhyabindu Online


A A- A+

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा दोस्रो कार्यकालका लागी नेपाली काँग्रेसका निमा ग्याल्जेन शेर्पा गाउँपालिका अध्यक्षमा निमाग्याल्जेन शेर्पा विजयी भएका छन् ।

शेर्पाले ५३८५ मत प्राप्त गरेर जित हात पारेका हुन् भने उनका प्रतिष्पर्धी एमालेका दावा लामाले ४६०४ मत ल्याएका छन् ।

यस्तै हेलम्बु गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसकै अप्सरा लामिछाने ५२१४ मतका साथ विजयी भएकी छिन् । उनको प्रतिष्पर्धी गंगा अर्याल खड्काले ४६७१ मत ल्याएकी छन् ।

अघिल्ले पटक पनि पनि बहुमत वडा सहीत हेलम्बुमा नेपाली कांग्रेसले नेतृत्व गरेको थियो । यसपटक पनि बहुमत वडासहीत जित निकालेको छ । अघिल्लो पटक ७ वडामध्ये ६ वटा वडा जितेकोमा यसपटक भने ५ वटा मात्र कांग्रेसले जितेको छ । यसअघी १ वटा वडा जितेको एमालेले यो पटक भने २ वटा वडा जितेको छ ।

वडा अध्यक्ष हरुमा १ मा दावा ग्याल्बो शेर्पा, २ मा पेम्वा लामा, ३ मा दिपक खड्का, ४ मा बुध्दीमान तामाङ्ग थिङ्ग, ५ मा दिप ग्याल्जेन लामा, वडा नम्बर ६ मा सञ्च तामाङ, वडा नं ७ मा निल बहादुर खड्का निर्वाचीत हुनुभएको छ । वडा नम्बर ३ र ६ नेकपा एमालेले जितेको हो भने बाँकी सबै वडा कांग्रेसले जितेको हो ।

विजयी भएसंगै समृद्ध हेलम्बु बनाउने सपना बोकेका शेर्पालाई एक दशकको नेतृत्व गर्ने अवसर मिलेको छ । शेर्पाले यसअघि नै सामाजीक सञ्जाल मार्फत हेलम्बुका मतदातालाई धन्यवाद दिईसकेका छन् ।

शेर्पाले यसअघिको कार्यकालमा हेलम्बुमा ग्रेट ट्रेल, एकल पुरुष भत्ता, दिर्घरोगीहरुलाई घर-घरमा निशुल्क औषधी, मोडल विद्यालय, बन्जी जम्प पुल, कोरोनाको समयमा घरदैलोमा स्वास्थ्यसेवा, कृषकलाई रासायनिक मलमा अनुदान, विद्यार्थी खाजा कार्यक्रम, शिक्षक राहत कोष, बाढिको विपत्तिमा तत्काल उद्दार र राहत लगाएतका कामले चर्चीत बनेका छन् ।

यहि कामको उचित मुल्याङ्कन र अधुरा योजनाहरुको पुर्णताकोलागी हेलम्बुबासीले आफुलाई विश्वास गरेर विजय गराएको नव निर्वाचित अध्यक्ष शेर्पाले बताए ।

छुटाउनु भयो कि ?