रास्वपा बैठकमा रविको आलोचना, गलत सन्देश गएको भन्दै आत्मालोचना गर्न माग


लुम्बिनी सरकारको बजेट ४२ अर्ब ६३ करोड ५७ लाख [पूर्णपाठ]
काठमाडौं – लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको छ । बुधबार सार्वजनिक गरिएको बजेटमा लुम्बिनी सरकारले कृषि, शिक्षा , स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।
बुधबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट बजेट प्रस्तुत गर्दै पुँजीगत बजेट २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँ छुट्याइएको बताए ।
चालु खर्चका लागि १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैयाँ बजेट छुट्याइएको छ । यो कुल बजेटको ३१ .२६ प्रतिशत हो । वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख रुपैया अर्थात ११.३३% छुट्याइएको मन्त्री खड्काले बताए।
बजेटमा प्रदेश गौरव योजनाका लागि १ अर्ब ६९ करोड छुट्याइएको छ भने रुपन्देहीमा रहेका प्रदेश मन्त्रालय एक वर्षभित्र स्थायी राजधानी दाङमा सार्न‚ राप्ती प्राविधिक शिक्षालय स्थानान्तरण र सरस्वती माविको स्तरोन्नतिका लागि ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै चालु आर्थिक वर्षको बचत रकमबाट ४ अर्ब रहने र आन्तरिक ऋण १ अर्ब परिचालन गर्ने बजेटमा उल्लेख गरिएको छ ।
बजेटको पूर्णपाठ: