Madhyabindu News App
मधेस प्रदेश

मधेस सरकारले ल्यायो करिब ४७ अर्बको बजेट (पुर्ण पाठ)

Madhyabindu Online


A A- A+

काठमाडौं – मधेस प्रदेश सरकारले करिब ४७ अर्बको बजेट ल्याएको छ। बुधबार मधेस सरकारका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका हुन्।

मन्त्री साहले चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात् ४६.४४ प्रतिशत, पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात् ५३.२१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १६ करोड ६४ लाख ५६ हजार २ सय अर्थात् ०.३५ प्रतिशत बजेट विनियोजन गरेका हुन्।

मन्त्री साहले मृख्यमन्त्री किसान उत्थान कार्यक्रममार्फत् साना किसानहरुको आय अभिवृद्धि गर्न, कृषि पैदावारहरुमा आत्मनिर्भरताको लागि आवश्यक संस्थागत र संरचनागत प्रारुप तयार गरी कार्यान्वयन गर्न यस कार्यक्रमका लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको हो।

त्यस्तै प्रदेशलाई दुग्ध र मासु उत्पादनमा आत्मनिर्भर बनाउन दुग्ध तथा मासु मिसन कार्यक्रमका लागि ८ करोड ५० लाख, डिप ट्युबेल, स्यालो ट्युबेल तथा साना सिचाई आयोजनाहरु स्थानीय तहबाट नै व्यवस्थापन हुने गरी निर्माण तथा सञ्चालन गर्न ७ करोड २० लाख रकम विनियोजन गरिएको हो।

बजेटको पूर्ण पाठ:

छुटाउनु भयो कि ?