Madhyabindu News App
स्थानीय तह

हेलम्बुमा संघ संस्थाले गर्ने कार्यक्रम पालिकाबाट अनुमोदन गराउनुपर्ने

Madhyabindu Online


A A- A+

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा कार्यक्रम गर्न चाहने संघ संस्थाले आफ्नो कार्यक्रम गाउँसभाबाट अनुमोदन गराउनुपर्ने भएको छ ।

हेलम्बु गाउँपालिकाले बिहिबार एक सुचना प्रकाशित गर्दै हेलम्बुमा कार्यक्रम/योजना सञ्चालन गर्न इच्छुक संघ संस्थाले कार्यक्रमको बिषय औचित्य र अनुमानित बजेट समेत खुलाएर आवेदन दिनुपर्ने जनाएको छ ।

हेलम्बुमा कार्यक्रम गर्न इच्छुक संघ संस्थाले उक्त कार्यक्रमको औचित्य अनुमानित खर्च समेत खुलाई संस्थाको आधिकारिक व्यक्ति स्वयम कार्यालयमा उपस्थित भई पेश गरेको कार्यक्रम आवश्यक छलफल गरेर अनुमोदन भएपछी मात्रै कार्यक्रम सञ्चालन गर्न पाइने सुचनामा उल्लेख छ ।

अबदेखि जुनसुकै संस्थाले जेसुकै कार्यक्रम सञ्चालन गर्ने भएतापनी गाउँपालिकामा आवेदन गरेपछी गाउँसभामा लगिने हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । ‘जुनसुकै संघ संस्थाका जस्तासुकै कार्यक्रम पनि अब वडागतरुपमा पालिकामा पेश भएका योजना मध्येबाटै प्रथिकताका आधारमा छनौट गरी सञ्चालन गरिनेछ’ उनले भने । यसो गर्दा संस्थागत कार्यक्रमहरु पनि गाउँपालिका मार्फतनै एकद्वार प्रणालीमा पारदर्शि ढंगले सञ्चालन हुने र लक्ष्यित वर्गमै पुग्ने उनको भनाई छ ।

No description available.

छुटाउनु भयो कि ?