Madhyabindu News App
स्थानीय तह

बुटवल देविनगरको अस्थायी प्रहरी चौकी बिचराधीन अवस्थामा

Madhyabindu Online


A A- A+

अनु खनाल/रुपन्देही – बुटवल उपमहानगरपालिका देविनगर वडा न. ११ मा २०६५/११/१८ गतेका दिन स्थापना भएको अस्थायी प्रहरी चौकी बिचराधीन अवस्थामा रहेको छ ।

उप महानगरको वडा न.११,१७,१८ र १९ मा हेर्नुपर्ने यो अस्थायी चौकिलाई स्थायी गर्नुपर्ने स्थानियहरुको माग रहेको छ । रुपन्देहीकै सबैभन्दा बढी जनसंख्या रहेका यि वडाहरु मा करिब ९०,००० जनसंख्या रहेको छ।

वडा न.११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले प्रहरीको संखया बढाउनुपर्ने हुँदा ,ठाउँ सानो भएको र बस्नको लागि अफठयारो भएको बताउँछन् ।’अहिले बनिसकेको तिनाउ पुलको साइडमा अलिकति जग्गा छ ।त्यही जग्गामा प्रहरी चौकी बनाउँदा उचित हुन्छकी जस्तो लागेको छ।’

उनले भने सबै जनता र बुटवल उपमहानगरपालिका मिलेर बनाइदिनु पर्ने प्रहरी बस्नको लागि ,खानेपानीको ब्यवस्था र अन्य सेवासुविधा सहित भवन निर्माणको लागि गृहमन्त्रालयको पनि ध्यान जान जरुरी छ ।

कालिकानगर हाइवे देखि माझगाउँ ,देविनगर,बुद्धनगर,मझुवा ,मदौलिया र अन्य एरियाहरु पनि गस्ती सहितको सुरक्षा आवश्यक रहेको यस ठाउँमा ६१ वटा टोल विकास संस्था र विभिन्न क्लबहरु ,आमा समुहहरु सम्बन्धित निकायहरुका भवनहरु पनि रहेका छन् ।त्यस प्रहरी चौकीलाई ठुलो भवनको रुपमा निर्माण गर्नुपर्ने र एउटा चारपाङरे गाडीको पनि आवश्यकता रहेको उनको भनाई छ ।

छुटाउनु भयो कि ?