हेलम्बु हिमालको ग्यासर बचाउन नसके मेलम्चीको पानि काठमाडौंं नआउने

मोरङमा यात्रुबाहक बसमा एसिड पोखिदाँ पाँचजना घाइते
इटहरी – मोरङमा यात्रुबाहक बसमा एसिड पोखिदाँ सुनसरीमा महिलासहित पाँचजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मोरङको कटहरीमा मंगलबार रङ्गेलीतर्फ जाँदै गरेको को १ ख ३९८१ नम्बरको बसमा दिउँसो ३ः३० बजेतिर एसिड पोखिएको हो ।
डीएसपी श्रेष्ठका अनुसार एसिड पोखिदाँ बसका सहचालकसहित पाँचजना घाइते भएका छन् ।
घाइते हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ८ की ४० वर्षीया सुमित्रा उराउ, मोरङको सुनवर्षी नगरपालिका ४ की २२ वर्षीया निता राजवंशी, सुनवर्षी ९ की २२ वर्षीया सविहा खानम, धनपालथान गाउँपालिका ५ का ४२ वर्षीय ओमनारायण राजवंशी र भोजपुरको अरुण गाउँपालिका १ याङपाङका २० वर्षीय बसका सहचालक विनोद परियार रहेका छन् ।
एसिडका कारण शरीरका विभिन्न भागमा चोट लागेका घाइतेहरूको विराटनगरको कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।