लुम्बिनी प्रदेश

कृषिको अधुनिककरण ,व्यवसायीकरण र औद्योगीकरणमा जोड

Madhyabindu Online


A A- A+

अनु खनाल/बुटवल – लुम्बिनी प्रदेश अन्तर्गतको बुटवल कृषि खाद्य प्रविधी तथा भुमी ब्यवस्था मन्त्रालय मातहतमा रहेको खाद्य सुरक्षा,पशुपन्छी ,योजना महाशाखाले कृषिको अधुनिककरण ,व्यवसायीकरण र औद्योगीकरणमा जोड दिएको छ ।

विभिन्न किसिमका सेवाहरु कृषिको अधुनिककरण ,व्यवसायकरण र औधोगी करण हुदै यो प्रदेश लगायत रास्ट्रमै एउटा कृषिको लागि आत्मनिर्भर पेशा व्यवसायको रुपमा अगाडी बढाउन यो प्रदेशले पनि संघ र स्थानीय तहबिच समन्वय गर्दै विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरिरहेको पशुपंक्षीविकास महाशाखा प्रमुख श्री तुल्सिराम भण्डारीले बताए ।

उनका अनुसार यस मन्त्रालय अन्तर्गत २ वटा निर्देशनालय र मातहतमा ९ वटा ज्ञानकेन्द्रहरु ,९ वटा भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्रहरु ९ वटा कृषि केन्द्रहरु र हाम्रा फामकेन्द्रहरु तालिमहरु गरेर ३३ वटा कार्यलयहरु छन्।

विभिन्न किसिमका सेवाहरु कृषिको अधुनिककरण ,व्यवसायकरण र औधोगी करण हुदै यो प्रदेश लगायत रास्ट्रमै एउटा कृषिको लागि आत्मनिर्भर पेशा व्यवसायको रुपमा अगाडी बढाउन यो प्रदेशले पनि संघ र स्थानीय तहबिच समन्य गर्दै विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरिरहेको उनले बताए ।

उनले भने ‘हाम्रा जतिपनी यो प्रदेशमा संचालन हुने कामहरु छन् ती कार्यक्रमहरु हाम्रो कृषिज्ञान केन्द्र र पशु विज्ञ केन्द्र मार्फत संचालन हुने गर्दछन् ।हाम्रो किसानहरुलाई ज्ञान सीप दिएर ,सिपमुलक तालिम दिनको लागि यो हाम्रो नेपालगन्ज मै पशुसेवा तालिम केन्द्र रहेको छ र विशेष सिपमूलक तालिमहरु दिने गर्दछन् ।’

‘यस २०७८/२०७९ को लागि ३ अरब ४० करोड बजेट हामीसँग प्राप्त भएको थियो ।कतिपय हाम्रो शस्र अनुदान कतिपय हाम्रो प्रदेशको बजेट हाम्रो यी विभिन्न कार्यक्रमहरुमा विशेषगरी १२ जिल्लका ज्ञानकेन्द्र ,विज्ञकेन्द्र र एकीकृत कार्यलहरु हाम्रा ३ वटा कार्यलयहरुबाट अहिले कामहरु भइरहेको छ र यो आर्थिक बर्षमा हाम्रो मोटामोटी ६० प्रतिशत चाहि वितिय प्रगती हुने अपेक्षा राखेका छौै ।’ उनले बताए ।

छुटाउनु भयो कि ?