रास्वपा बैठकमा रविको आलोचना, गलत सन्देश गएको भन्दै आत्मालोचना गर्न माग


बुटवलमा स्वास्थ्य अवधारणा गोष्ठी सम्पन्न
अनु खनाल/बुटवल – लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले एक स्वास्थ्य अवधारणा गोष्ठी सम्पन्न गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा कार्यक्रममा बिषय विज्ञ प्रदिप शर्मा पौडेलले र बिनोद गिरीले कार्यपत्र प्रस्तुत गर्दै बाख्रा ,कुखुरा, बंगुर, माछा मासुहरु आदिमा विभिन्न किसिमका रोगहरुले आक्रमण गर्न सक्ने भन्दै बेलैमा त्यसको हेरचाह ,जाँच र दानापानी खुवाउँदा ख्याल गर्दा स्वस्थ राख्न सकिने बताएका थिए ।
पशुपन्छी तथा मत्स्य निर्देशनालय प्रमुख परभेज अलामले उपस्थित सबैलाई धन्यवाद दिँदै सबै मानव मात्र स्वस्थ्य नभई सबै जनावरहरु पनि स्वस्थ हुन जरुरी रहेको बताए ।
किसानहरुले आफ्ना पशुपन्छीलाई समय समयमा जाँच गराउने रोगहरुबाट बच्न को लागि भ्याक्सिनहरु दिने र आउँदा दिनहरुमा पनि विभिन्न जिल्लाहरुमा यस्तै कार्यक्रमहरु गर्न जरुरी रहेको बताए ।