लुम्बिनी प्रदेश

पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Madhyabindu Online


A A- A+

अनु खनाल/बुटवल – लुम्बिनी प्रदेशको स्वास्थ्य ,जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ।

प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले अहिलेसम्म लुम्बिनी प्रदेशले स्वास्थ्य क्षेत्रमा गरेका प्रगतिहरुको बारेमा सबै जनसमुदायलाई जानकारी गराउनका यो कार्यक्रमको आयोजना गरिएको बताए ।

मन्त्री थारुले नेपालको संविधान निस्शुल्क आधारभुत स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्थापित गर्नु आवश्यक रहेको र संघीयताको कार्यान्वयन सँगै प्रदेश मातहतमा स्वास्थ्य क्षेत्रका संरचना तथा सेवा प्रणालीलेपनि गुणस्तरीय तथा सुलभ स्वास्थ्य सेवा प्रदान गर्नका लागि उचित रणनीतिहरु तयारी रहेको जानकारी दिए।

लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि क्याथ ल्याब सेवा संचालनको लागि मेसिन खरिद सम्झौता भएको ,एमआर आई मेशिनको खरिद सम्झौता भएको ,डायलाइसिस सेवालाई थप विस्तारका लागि ११ शैया थप गरिएको , मस्तिष्क तथा स्नायु रोग सम्बन्धि उपचारलाई थप सुविधा सम्पन्न गराउन इ जि सेवा शुरु भएको उनले जानकारी दिए ।

प्रदेश सरकारको लगानिमा दाङको लमहीमा रहेको अस्पतालसँगै ट्रमा सेन्टर स्थापनाका लागि भवन निर्माण कार्य भइरहेको र निशुल्क रक्त संचार सेवाका लागि बजेट तथा कार्यक्रम र कार्यविधी स्वीकृत भै निस्शुल्क रक्त संचार सेवा संचालन शुरु भएको पनि उनले बताए ।यस प्रदेशका १२ वटा जिल्लामा पुर्ण खोप प्रदेश घोषणा हुने क्रममा लागि अन्तिम चरणमा पुगेको उनको भनाई थियो ।

छुटाउनु भयो कि ?