Madhyabindu News App
स्थानीय तह

नुवाकोटको त्रिशूली नदिमा आमा-छोरा बेपत्ता

Madhyabindu Online


A A- A+

काठमाडौं – नुवाकोटमा त्रिशूली नदिले बगाउँदा आमा-छोरा बेपत्ता भएका छन्।

शनिबार दिउँसो पौने ३ बजे विदुर नगरपालिका-३ ढोडेनी बस्ने पूर्णलाल श्रेष्ठकी ३२ वर्षीया श्रीमती सन्जिता श्रेष्ठ र ७ वर्षीय छोरा युनिक श्रेष्ठ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रहरिका अनुसार नदी किनारमा खेल्ने क्रममा आफ्नो छोरालाई नदिले बगाएपछी बचाउन भनेर गएकी सन्जिता लाई पनि नदीले बगाएको हो।

उनीहरूलाई बगाएको भन्ने खबर पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको छ। सशस्त्र प्रहरी बल र विपद व्यवस्थापन नुवाकोट समेतको टोलीले आमा-छोराको खोजी गरिरहेको छ।

 

छुटाउनु भयो कि ?