Madhyabindu News App
मुख्य खबर​

हेलम्बु हिमालको ग्लेशियर बचाउन नसके मेलम्चीको पानि काठमाडौंं नआउने

Madhyabindu Online


A A- A+

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु मुहान क्षेत्रबाट काठमाडौं ल्याइएको मेलम्ची खानेपानीको भविष्य अन्योलमा परेको छ । जलवायु परिवर्तनका कारण हिमालमा हिउँ जम्न छोडेपछी पानिको मुहानै सुक्ने खतरा बढेकोले काठमाडौंबासीको खानेपानिको सपना अन्योलमा परेको हो ।

सरकारले जलवायू परिवर्तनलाई बेलैमा ध्यान नदिने हो भने अबको २०-३० बर्षपछी राजधानीले खानेपानि नपाउने कुरा करिब निश्चित भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा ‘ह्योल्मो’ बताउँछन् ।

‘जलवायु परिवर्तनकाकारण हिमालमा हिउँ पर्नै छोडिसक्यो ।’ अध्यक्ष शेर्पा’ह्योल्मो’ भन्छन् ‘हिउँ नपरेपछी त्यहाँको सबै ग्लेशियर सकिने अवस्थामा छ । यसलाई जोगाउनका लागी राजधानीमा राजनिति गर्ने नेताहरुको बेलैमा ध्यान नजाने हो भने काठमाडौंबसीले मेलम्चीको पानि खाने सपना अधुरै रहने निश्चित छ ।’

हेलम्बु क्षेत्रको संवेदनशिलतालाई गम्भिरतापुर्वक लिँदै यस क्षेत्रको वातावरण जोगाउन काठमाडौं महानगरपालिका लगायत राजधनीबासीले सहयोग गर्नुपर्ने धारणा राख्दै अध्यक्ष शेर्पा’ह्योल्मो’ भन्छन् ‘हेलम्बु गाउँपालिका मानव निर्मित हिउँ तयार गरेर ग्यासर बचाउने अभियानमा छ । यो अभियान सफल बनाउन काठमाडौं महानगर लगायत सम्बन्धित सबैमा आव्हान गर्दछु ।’

विगतमा स्याउकै कारण चर्चित बनेको हेलम्बु सम्झीँदै अध्यक्ष शेर्पा ‘ह्योल्मो’भन्छन् ‘३०-३५ वर्षअघिसम्म हेलम्बुमा स्याउ लटरम्म फल्थ्यो ।देशैभर प्रख्यात स्याउको अहिले यहाँ नामनिसाना छैन,’ । उनकाअनुसार स्याउ फल्न छोडेको हेलम्बुका थुप्रै उच्च भागमा चौँरी पाल्ने कृषकको संख्यासमेत घटिरहेको छ ।

हेलम्बुले यस्तो नियति ब्यहोर्नुमा जलवायु परिवर्तनको असर रहेको भन्दै गाउँपालिकाले यो वर्षको नीति तथा कार्यक्रममा ‘जलवायु न्याय’ नामक अवधारणा नै ल्याएको छ । जलवायु परिवर्तन हुनुमा हेलम्बुवासीको हात नरहेपनि यहाँका बासिन्दा यसबाट सबैभन्दा धेरै प्रभावित भएको गाउँपालिका अध्यक्ष शेर्पा’ह्योल्मो’को भनाइ छ ।

‘तापमान बढ्नुमा हाम्रो दोष के थियो र आज हामीले सजाय भोगिरहेका छौं,’ उनी भन्छन्, ‘ठूला देशका अन्धाधुन्ध विकासका कारण हिमाली भेगका हामीले दु:ख पाइरहेका छौँ । त्यसैले हामीजस्ताले न्याय पाउनुपर्छ भनेर यसपालि नीति तथा कार्यक्रम ल्याएका छौँ ।’

गत सालको वर्षायाममा हेलम्बुको हिमाली क्षेत्रमा गेग्रान बगेर मेलम्ची नदी थुनिएपछि फुट्दा भीषण बाढी आएको थियो । जसबाट हेलम्बु देखी मेलम्ची बजार सम्मका नदि आसपसका २४ जनाले ज्यान गुमाएका थिए भने थुप्रै विस्थापित भएका थिए ।

हेलम्बुमा गत साल गएको बाढी पनि जलवायु परिवर्तनलाई कारण मानिएको थियो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) नेपालको अध्ययनले मेलम्चीमा अनपेक्षित बाढी आउनुमा धेरै कारणमध्ये जलवायु परिवर्तन पनि एक रहेको उल्लेख छ ।

छुटाउनु भयो कि ?