Madhyabindu News App
मुख्य खबर​

३ मंसिरमा १८ वर्ष पुग्नेले ‘भोट’ हाल्न पाउने

Madhyabindu Online


A A- A+

काठमाडौं – आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचनको अघिल्लो दिन अर्थात मंसिर ३ गते १८ वर्ष पुगेका मतदाताले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले यसअघि निर्वाचन घोषणा भएको दिन १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदानमा सहभागी गराउने गरेकोमा गत स्थानीय तह निर्वाचनदेखि सो व्यवस्थामा हेरफेर गरेको थियो ।

३ मंसिरमा १८ वर्ष उमेर पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदानको प्रक्रियामा सहभागी गराउनेगरी आवश्यक व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

आयोगले १६ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न योग्य मान्दै आएको छ भने मतदानका लागि तोकिएको मितिमा १८ वर्ष उमेर पुगेको हुनुपर्नेछ ।

छुटाउनु भयो कि ?