Madhyabindu News App
मुख्य खबर​

‘अवरोध नभए आजदेखि काठमाडौँको फोहोर उठ्छ’ – बालेन्द्र शाह

Madhyabindu Online


A A- A+

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन्।

शनिबार बेलुकी एक सय ५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगेको उनले बताए। अवरोध नभए आइतबारदेखि तीन सय ५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनको भनाइ छ।

‘कुनै अवरोध नभएमा दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्नेछन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘शनिबार एक सय ५२ गाडी फोहोर बोकेर बञ्चरेडाँडाँ पुगे।’

काठमाडौंबाट दैनिक ७५ गाडी फोहोर निस्कन्छ भने त्यति नै मात्रामा विभिन्न पालिकाबाट पनि फोहोर जम्मा हुने गर्छ। ‘नियमित अवस्थामा फोहोर उठाउने र बञ्चरेडाँडाँसम्म पुर्‍याउन केही समय लाग्न सक्छ,’ उनले भने, ‘अवरोध नगर्ने स्थानीय, फोहोर संकलक, कर्मचारी र चालकहरूलाई तथा सुरक्षाकर्मीलाई धेरै धन्यबाद छ।’

कसैले फोहोरबाट आक्रन्त हुनु नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने लक्ष्य उनले रहेको बताए। बञ्चरेडाँडाँ पुग्ने सडक बिग्रेको र फोहोर बोकेका गाडी तोडफोड भएपछि केही समयदेखि काठमाडौंको फोहोर ढुवानी गर्न समस्या भइरहेको थियो।

छुटाउनु भयो कि ?