Madhyabindu News App
मुख्य खबर​

‘बिरामी भएँ भने उपचार गराउने पैसा पनि छैन’ – ओली

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्ने खर्च समेत नपुग्ने बताए ।

आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति सरकारलाई दान गरिसकेकोले राज्यको भइसकेको बताउँदै उनले भने, ‘अहिले पनि त्यो घर म बेच्न पाउँदिनँ,’ उनले भने, ‘बन्धकी राख्न पाउँदिनँ। बेचेर खर्च चलाउन सक्दिनँ। बिरामी भएँ भने तपाईंहरूले उपचार गराउनुभयो भने कुन्नी, नत्र मसँग पैसा छैन।’

युवाहरुमा नयाँ जोश, जाँगर, कार्यशैली ज्येष्ठ नागरिकको तुलनामा बढी हुने भए पनि ज्येष्ठ नागरिकको पनि कुरा सुन्नुपर्ने र उनीहरुको योगदान भुल्न नहुने बताए ।

मान्छे सधैं युवा रहन नसक्ने तर युवा जत्तिकै ऊर्जाशील रहन सक्ने पनि उनले बताए । आफू ७० वर्ष कटिसके पनि युवाहरुको जस्तै ऊर्जा भएको बताए ।

छुटाउनु भयो कि ?