Madhyabindu News App
मुख्य खबर​

नागरिकता विधेयक फिर्ता सँगै राष्ट्रपतिको १५ बुँदे सन्देश

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – राष्ट्रपति  विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाइदिएकी छन्। नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएसँगै राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देश समेत पठाएकी छन् ।

राष्ट्रपति  भण्डारीले नागरिकता विधेयक अपुरो रहेको र संविधानसँग बाझिएकोले  पुनर्विचार गर्न आवश्यक भएको बताएर विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउँदै १५ बुँदे सन्देश दिएकी हुन् ।

राष्ट्रपतिको सन्देशमा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता अध्यादेश किन स्वीकृत  गरियो र अहिले नागरिकता विधेयक किन पुनर्विचार गर्न भनिएको हो भन्ने समेत खुलाइएको उनले बताए ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

संसदका दुबै सदनले पारित गरेर  पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्ने वा पुनर्विचारका लागि फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था छ।

छुटाउनु भयो कि ?