Madhyabindu News App
राजनीति

‘राष्ट्रपतिले जनताको भावनाअनुसार निर्णय लिनु भयो’ – एमाले प्रमुख सचेतक भट्टराई

Madhyabindu Online


A A- A+

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवि भण्डारीको कदमलाई स्वागत गरेको छ।

आइतबार भण्डारीले प्रमाणिकरणका लागि पेश भएको विधेयक पुनः विचार गर्न भन्दै प्रतिनिसभामा फिर्ता गरेकी छिन्।

भण्डारीले राष्ट्रहित विपरीत रहेको विधेयक फिर्ता गरेको ठीक गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए। ‘नेपालको सार्वसत्तालाई नै दख्खल पुग्ने गरी प्रचण्ड र आरजु राणाले दिल्लीमा गरेको सहमतिअनुसार बहुमतका आधारमा विधेयक पारित गरिएको थियो। उहाँले फिर्ता गरेर देशको हितमा काम गर्नुभयो।’

‘सत्तारुढ गठबन्धनले आफ्नो बहुमत प्रयोग गरेर बलजफ्ती पास गर्‍यो । पुनर्विचारको नाममा फेरि बहुमत प्रयोग गर्न थालियो भने त्यसको प्रतिवाद गर्छौं । नागरिकता विधेयकलाई रचनात्मक तरिकाले छलफल माध्यमबाट त्यसलाई पुनर्विचार गर्नुपर्छ,’ भट्टराईले भने, ‘राष्ट्रपति भण्डारीले जे निर्णय लिनुभयो त्यो जनताको भावनाअनुसार लिनु भयो ।’

विधेयकमा संविधानमा नै व्यवस्था भएको जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने र गैरआवासीय नेपालीलाई राजनीतिक बाहेकको अधिकार प्रयोग गर्ने गरी नागरिकता दिने प्रावधान थियो।

छुटाउनु भयो कि ?