Madhyabindu News App
राजनीति

विवेकशील साझा‍को अध्यक्षमा बास्कोटा

Madhyabindu Online


A A- A+

काठमाडौं – विवेकशील साझा पार्टीले नयाँ नेतृत्व चयन गरेको छ। पार्टिको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य समीक्षा बास्कोटालाई नयाँ अध्यक्ष चयन गरेको हो।

विवेकशील साझा पार्टी, बागमती प्रदेशकी पूर्वसंयोजक ३८ वर्षीय बास्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनेर पराजित बनेकी हुन्।

त्यसअघि उनले ०७४ को निर्वाचनमा काठमाडौँँ क्षेत्र- १ ‘क’ बाट प्रदेशसभा सदस्यको उमेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन्। उनले काठमाडौँँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छन्।

यस्तै रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य सञ्जिववल्लभ भट्टराई चयन भएका छन्। संयोजक चयन भएका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य भट्टराईले समाजशास्त्र,अर्थशास्त्र र अंग्रेजी भाषामा स्नातक गरेका छन्।

आइतबार काठमाडौंमा बसेको बैठकले पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गत जेठमा दिएको राजीनामा पनि स्वीकृत गरेको छ।

छुटाउनु भयो कि ?