Madhyabindu News App
राजनीति

काँग्रेसमा शेखर कोइराला पक्षधरको भेला गर्ने तयारी

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेसको शेखर कोइराला पक्षले भेला गर्ने तयारी गरेको छ । शनिबार आफ्नो पक्षको वृहत भैला गर्नेगरि भेलाका लागि शेखर पक्षको बैठक बसिरहेको छ ।

विशेषगरी आसन्न निर्वाचनमा आफू पक्षधरका नेतालाई उम्मेदवार बनाउन नेतृत्वलाई दबाब दिने उद्देश्यले गर्न लागेको भेलाको तयारी स्वरुप अहिले कोइराला पक्षधरको बैठक बसेको हो ।

काँग्रेसको शेखर समुहले गठबन्धनमा पनि एक सय भन्दा कम सिट लिएर सहमती गर्न नहुने भन्दै पार्टि सभापती शेरबहादुर देउवा समक्ष दवाव दिँदै आइरहेको छ ।

जारी बैठकमा कोइराला पक्षधरका केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितका नेताहरुको सहभागिता छ ।

छुटाउनु भयो कि ?