Madhyabindu News App
राजनीति

गठबन्धन सरकारले राष्ट्रपतिको अपमान गर्‍यो – ओली

Madhyabindu Online


A A- A+

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको सरकारले राष्ट्रपतिलाई अपमान गरेको आरोप लगाएका छन्।

शनिबार धनुषामा आयोजित बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिले दिएको १५ बुँदे सुझावलाई सरकारले संसदमा केही छलफल नगरी राष्ट्रपतिलाई अपमान गरेको बताए।

उनले भने, ‘संविधनाको धारा ८१ अनुसार सरकारले कुनै पनि विधेयक ल्याउनु अगाडि राष्ट्रपतिलाई देखाउनुपर्छ। त्यो कुरा गठबन्धनको सरकारले अस्विकार गर्‍यो।राष्ट्रपतिले सुझावसहित फेरि एकपटक विचार गर्न संसदमा फिर्ता पठाएको तर सरकारले अहंकार देखायो। राष्ट्रपतिको अपमान गर्‍यो तथानाम बोल्यो र केही पनि सच्याउन तयार नभएको कारण नागरिकता विधेयक प्रमाणीरण नभएको उनको भनाइ थियो।’

सो कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका निवर्तमान सचेतक एवं नेता उमाशंकर अरगरियासहित विभिन्न पार्टी परित्याग गरी नेताकार्यकर्ताहरू एमालेमा प्रवेश गरेका थिए ।

छुटाउनु भयो कि ?