Madhyabindu News App
मुख्य खबर​

गठबन्धनमा प्रदेश सभा सिट बाँडफाँड : ३३० सिटमा ४०७ दाबी

Madhyabindu Online


A A- A+

काठमाडौं – प्रदेश सभाको सिट बाँडफाँडबारे छलफल सुरु गरेका गठबन्धनका पाँच दलले प्रारम्भिक रूपमा आ–आफ्नो दाबी पेस गरेका छन् । तीन सय ३० सिट हुने प्रदेस सभामा पाँच दलले चार सयभन्दा बढी सिटमा दाबी पेस गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको कार्यदलको बैठकमा कांग्रेसले एक सय ८०, माओवादी केन्द्रले सय, एकीकृत समाजवादीले ७०, जसपाले ५० र जनमोर्चाले सात सिटमा दाबी गरेका छन् ।

आइतबार बिहान ९ बजेदेखि राति साढे ८ बजेसम्म संयुक्त र दुईपक्षीय छलफल भएको थियो । कार्यदलको संयुक्त तथा कांग्रेस र माओवादी, एकीकृत समाजवादी र जसपा, कांग्रेस र एकीकृत समाजवादीबीच छुट्टाछुट्टै छलफल भएको बैठकमा सहभागी जसपा नेता मनीष सुमनले जानकारी दिए ।

प्रतिनिधिसभामा एउटा दल र प्रदेश सभामा अन्य दललाई दिने, प्रतिनिधिसभामा पाएको सिटको दोब्बर सिट पाउने गरी अघि बढ्ने समझदारी नेताहरूबीच भएको छ ।

छुटाउनु भयो कि ?