Madhyabindu News App
समाज

दार्चुलामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप

Madhyabindu Online


A A- A+

काठमाडौं – दार्चुलामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन्।

दार्चुलामा नौगाड गाउँपालिकामा झडप हुँदा गठबन्धनका कार्यकर्ता ३५ वर्षका जयसिंह धामी गम्भीर घाइते भएका हुन्। घाइते धामीलाई दार्चुलामै सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ।

एमालेका कार्यकर्ताले धामीको टाउकोमा रडले हानेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार चुनाव प्रचारप्रसारका लागि दुवै समूह एकै ठाउँमा भेट हुँदा झडप भएको थियो।

चुनाव नजिँकिदैगर्दा निर्वाचित लक्ष्यित कार्यक्रमहरु गर्नेक्रममा विभिन्न स्थानहरुमा छिटपुट घटनाहरु हुन थालेका छन् ।

छुटाउनु भयो कि ?