Madhyabindu News App
राजनीति

‘सुदनजीलाई जिताएर पठाउनुस रोजेकै मन्त्रालय दिन्छु’ – प्रचण्ड

Madhyabindu Online


A A- A+

काठमाडौं – नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थिरताका लागि बनाइएको गठबन्धन लामो समयसम्म टिक्ने बताएका छन्।

बुधबार पूर्वीतिवारीभञ्ज्याङमा गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन विकास र समृद्धिका लागि गरिएकाले तत्काल नभत्किने बताए।

प्रचण्डले भने,’विचारमा यो वा त्यो नभनेर गठबन्धनका सबै उम्मेदवार जिताउने गरी लाग्नुस्, यो चुनाव अग्रगामी र पश्चगामीबीचको लडाइँ भएकाले अग्रगामीले चुनाव जित्नु जरुरी छ।’

प्रचण्डले गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदन किराती विजयी बने उनलाई मन्त्री बनाउनेसमेत बताए।

विगतलाई सम्झँदै अध्यक्ष दाहालले भने, ‘मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ। पहिला पनि मन्त्री बनाउन खोजिएकै हो सकिएन अब निर्वाचित भएपछि रोजेकै मन्त्रालय दिन्छु। तपाईंहरू सुदनलाई जिताएर पठाउनुस्।’

किराती ०६४ र ०७४ सालको निर्वाचनबाट दुईपटक सांसद भई सकेका छन्। आसन्न निर्वाचनमा संघीय सांसद्‍का लागि किराती र एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश एकका पूर्वमुख्यमन्त्री शेरधन राईबीच प्रतिस्पर्धा हुनेछ।

छुटाउनु भयो कि ?