रास्वपा बैठकमा रविको आलोचना, गलत सन्देश गएको भन्दै आत्मालोचना गर्न माग


मुस्ताङमा भत्कियो एमालेको गढ, तिनै सिटमा कांग्रेसको जित
काठमाडौं – हिमालपारिको जिल्ला मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको तीन स्थानमै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । २०७४ को निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा सबै जितेको एमाले शून्यमा पुगेको छ ।
यसअघि मुस्ताङमा प्रतिनिधिसभा र प्रदेशसभा (क) मा विजयी भएको कांग्रेसले मुस्ताङको प्रदेशसभा (ख) मा पनि विजयी हासिल गरेको छ ।
प्रदेशसभा (ख) मा विकल शेरचन दुई हजार ७२३ मतसहित विजयी भएका छन् । शेरचनका निकटतम प्रतिद्वन्द्वी एमालेका चन्द्रमोहन गौचनले दुई हजार ५६५ मत पाएका छन् ।
गौचनले तीन हजार ९९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत प्राप्त गरे ।
त्यस्तै, मुस्ताङको प्रदेशसभा (१) मा कांग्रेसका उम्मेदवार नम्डु गुरुङ विजयी भएका छन् । गुरुङ नेकपा (एमाले) का इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले ७९३ मत पाएका थिए ।