रास्वपा बैठकमा रविको आलोचना, गलत सन्देश गएको भन्दै आत्मालोचना गर्न माग


बोल्दै नबोली गृहमन्त्री खाँडलाई हराइदिए बोहराले
काठमाडौं – रुपन्देही–३बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा निर्वाचित भएका छन् । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् ।
रुपन्देही ३ बाट राप्रपाका उम्मेदवार दीपक बोहोराले बोल्दै नबोली चुनाव जितेका छन् । उनले गठबन्धनका उम्मेदवार तथा वहालवाला गृहमन्त्रीलाई पराजित गरेका हुन् ।
निर्वाचनका दौरानमा बोहोरा चिकित्सकको सल्लाहाअनुसार ‘भ्वाइस रेस्ट’ (नबोल्ने आराम)को अवस्थामा थिए । उनी चुनाव जितेपछि पनि बोलेका छैनन् ।
घरदैलोमा पनि उनले मतदातासँग भेट गरेपछि कसैसँग मौखिक सम्वाद नगरी इसाराले मत मागेका थिए ।
बोहोराको चुनावी सभालाई राप्रपाका जिल्ला अध्यक्ष प्रदीप उदय, स्वाती थापा, केन्द्रीय सदस्य तोयानाथ लम्साल, सागरप्रताप लम्साल, युवराज घिमिरेलगायतले सम्बोधन गर्ने गरेका थिए ।
कोभिडका कारण समस्या देखिएपछि उनी चिकित्सकको सल्लाहअनुसार ‘भ्वाइस रेस्टमा’ बसेका हुन् । पूर्ण निको नहुञ्जेल उनी अझै केही महिना ‘भ्वाइस रेस्ट’कै अवस्थामा बस्ने उनका सहयोगीहरुले बताएका छन् ।