रास्वपा बैठकमा रविको आलोचना, गलत सन्देश गएको भन्दै आत्मालोचना गर्न माग


मनोनयनको अघिल्लो रात एमाले प्रवेश गरेका महतोले हराए पोखरेललाई
काठमाडौँ – महोत्तरी क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका नेता गिरीराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा एमालेका लक्ष्मी महतो विजयी भएका छन्।
विगत ०६४ देखिका सबै निर्वाचन जित्दै आएका पोखरेल यसपटक भने माओवादीको आधार क्षेत्रमा पहिलोपटक पराजित भएका हुन्।
पोखरेललाई पराजित गर्ने महतो मनोनयनको अघिल्लो रात मात्रै जसपाबाट एमाले प्रवेश गरेका थिए। यसअघि ०७४ को निर्वाचनमा जसपाबाट महोत्तरी १ मै निर्वाचन लडेका महतोलाई पोखरेलले पराजित गरेका थिए।
महतोले २३ हजार ४०२ मत प्राप्त गर्दा पोखरेलले २२ हजार ३७२ मत प्राप्त गरेका छन्। त्यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार पोषण थापाले ७ हजार ८१२ मत पाएका छन् भने जनमत पार्टीका राजकिशोर साहले ३ हजार ५९८ मत पाएका छन्।