राजनीति

राप्रपा समानुपातिकको पहिलो नम्बरमा पशुपती शमशेर, दोश्रोमा को ?

Madhyabindu Online


A A- A+

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिकबाट प्रतिनिधि सभामा पशुपति शमशेर पछी दोश्रो पुरुष कसलाई पठाउने भन्नेमा विवाद भएको छ ।

प्रत्यक्षमा ७ सिट जितेको राप्रपाले समानुपातिकमा पाएको ७ सिट मध्ये ५ जना महिला र दुई जना पुरुष पठाउनु पर्ने बाध्यकारी अवस्था छ ।

राप्रपामा समानुपातिकतर्फ खर्स आर्यको पहिलो नम्बरमा रहेका पशुपति शमशेर राणालाई सांसद बनाउने विषयमा कुनै विवाद नभए पनि दोश्रो पुरुषका बारेमा विवाद भएको राप्रपाका एक नेताले जानकारी दिए ।

आदिवासी जनजातिको पहिलो नम्बरमा रहेका बुद्धीमान तामाङ, मधेसीको पहिलो नम्बरमा रहेका प्रल्हाद साह र खस आर्यतर्फ दोश्रो नम्बरमा रहेका प्रकाशचन्द्र लोहनी मध्ये एक जना छान्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समस्या परेको छ ।

प्रतनिधि सभामा पठाउने समानुपातिक सांसदको नाम तय गर्न राप्रपाले शनिबार कार्य सम्पादन समितिको बैठक समेत बोलाएको छ ।

छुटाउनु भयो कि ?